Logo

अल्लोको उत्पादनको माग बढ्दै



काठमाडौ,माघ २० । पछिल्लो समय अल्लोका कपडाको माग बढेका छ । विभिन्न मेलामा महोत्सवबाट प्रसार प्रचार बढेपछि अल्लोका पोसाक खरिरद गर्ने बढेका छन् । दाङमा सञ्चालन भइरहेका महोतसवमा अल्लोबाट बनेका सामाग्री दर्शकको आर्कषण देखिएको छ ।अल्लोको कपडामा ९० प्रतिशत स्वदशी कच्चा पदार्थ प्रयोग हुन्छ ।

स्थानिय उत्पादन र नयाँ प्रकृतिको भएका कारण अल्लोमा दर्शकको बढी रोजाई रहेका मेलामा सहभागी दर्शक जीतजंग केसीले बताए । अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी, चप्पल ,जुत्ता, सल झोलामा आर्कषण बढ्दे गएको हो । अल्लो व्यवसायी शर्मीला पुनले अल्लोको कपडा स्वास्थका लागी फाइदाजनक हुने भएकाले पनि दर्शकको रोजाईमा परिरहेको बताइन् ।

अल्लोको सामाग्री लगाउदा छालाजन्य बिरामीका लागी फाइदा हुने बताइन्छ ।उनका अनुसार अहिले स्टलमा १ सयदेखि साढे सात हजार सम्मका सामाग्री छन् । मगर समुदायको परम्परा गत तथा पुर्खौली पेसाका रुपमा रहेका अल्लोको कपडा उत्पादन पििछल्लो समय राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमै विशेष मानिदै गएको पुनले बताइन । अल्लो हिमाली तथा पहाडी क्षेत्रका जंगलमा मात्र पाइने भएकाले यसको प्रमुख उत्पादन पहाडी जिल्लामा हुने र त्यहि बाट आयात गरेर दाङमा उत्पादन गरिने गरेको उनको भनाई छ । उनको भनाई अनुसार वर्षौदेखि सुकेका तथा कुहिएका अल्लोलाई पकाएर, धागो पिटेर त्यसलाई प्रसोधन गरी कपडा उत्पादन गर्ने गरिन्छ । सिस्नोको विभिन्न प्रजाती मध्ये चाल्ने सिस्नो र हाते सिस्नोका रुपमा अल्लोलाई लिने गरेका सुनाइन् ।

‘अल्लोबाट बनेका कपडा हरेक मौसमका लागी उपयुक्त हुन्छन्,’ उनले भनिन् । ‘छाला जन्य रोगका लागी समेत अल्लोको कपडा महत्वपुर्ण मानिन्छन् ।’ आधुनिक धागोका रुपमा समेत चिनिने अल्लोको उत्पादन नेपालमा मात्र नभई अन्र्तराष्ट्रिय स्तरमा नै विशेष मानिन्छ । अल्लोबाट बनेकोटोपी किन्दै गरेका विनोद कुमार केसीले उत्कृष्ट र गुणस्तर का आधारमा अल्लोको कपडा उत्कृष्ट मानिने बताए ।

‘अन्य धागोबाट बनेका कपडा भन्दा यसबाट उत्पादन गरिएका कपडा महगौ हुन्छन् ।’ अल्लोबाट बनेका कपडाको प्रयोगले उच्च रक्तचाप, मधुमेहजस्ता रोगहरुबाट समेत बच्न सकिने तर्क पनि व्यवसायीले गर्दैआएका छन् ।
नेपाली बजारमा अल्लोको उत्पादनलाई प्रोत्साहन गर्न , बजारीकरण र मगर पहिचानको लागी घोराहीमा रहेको प्रेम नि।श। अल्लो ९पुवा० धागो तथा तयारी पोसाक उद्योगमार्फत बिक्रि वितरण गरिदै आएको छ । दाङमा उत्पादन भउका कपडा नेपालका विभिन्न ठाँउ भारत, बेलायतलगायत अन्य विदेशी मुदुकमा जाने गरेको उनले बताइन् ।अन्नपुर्ण पोस्टबाट



प्रतिक्रिया दिनुहोस्