Logo

जनकपुरमा रेल गुडाउन भारतबाट कर्मचारी ल्याइदै



काठमाडौं, माघ २१ । जनकपुरमा रेल गुडाउन रेलका चालक, सहसचालकसहित २६ जना प्राविधिक कर्मचारी भारतबाट ल्याइने भएको छ। यसका लागि भर्ना प्रक्रिया अघि बढाइएको रेल्वे विभागले जनाएको छ।

विभागले दुईरतीन महिनाभित्रै जनकपुर–जयनगर रुटमा रेल गुडाउने तयारी गरेको छ। रेल गुडाउन २ सय २६ जना कर्मचारी आवश्यक पर्ने र ती मध्ये २६ जना भारतबाट ल्याइने छ। बाँकी २ सयजना नेपाली नागरिकाबाटै कर्मचारी भर्ना गरिने विभागका महानिर्देशक बलराम मिश्रले बताए।

मिश्रका अनुसार रेल गुडाउन अनुभवी र दक्ष प्राविधिक कर्मचारी चाहिने भएकोले चालक, सहसचालकसहित केही कर्मचारी भारतबाट ल्याउन लागिएको हो। ‘नेपालमा दक्ष कर्मचारी उत्पादन भएमा भारतबाट ल्याएका कर्मचारी विस्थापित गरने छ र त्यसको ठाउँमा नेपाली कर्मचारी राखिने छ,’ मिश्रले भने।

विभागका केही कर्मचारी प्राविधिक अध्ययनका लागि केही दिनदेखि जनकपुरमा छन्। उनीहरूका अनुसार दुईरतीन महिनाभित्र सबै तयारी पूरा हुन्छ। जनकपुरमा रेल गुडाउन सबै तयारी पूरा भएपछि भारतबाट रेल ल्याइने विभागका कर्मचारीले जानकारी दिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्