Logo

कोटा अनाथ, पढ्छन् बाठाका सन्तान



काठमाडौं, माघ २१ । अनाथ बालबालिकाका लागि छुट्याइएको शिक्षा कोटामा बाल मन्दिरका पदाधिकारीले रजाइँ गरिरहेको पाइएको छ।निजी विद्यालयले अनाथ बालबालिकाका छुट्याएको निःशुल्क अध्ययन कोटा र विभिन्न माध्यमबाट आएको सहयोगमा बाल मन्दिरकै पदाधिकारीका सन्तान पढिरहेका छन्।

बृहस्पति विद्या सदनले काठमाडौं टंगालस्थित बाल मन्दिरको १३ रोपनी १२ आना जमिन लिजमा लिएको छ। दुवै पक्षबीच बाल मन्दिरका २० अनाथ बालबालिकालाई निःशुल्क पढाउने सम्झौता भएको थियो। तर, पछिल्लो समय अनाथ बालबालिकाको कोटामा बाल मन्दिरका पदाधिकारीका छोराछोरी पढिरहेका छन्।

बाल मन्दिर सञ्चालन गर्ने संस्था नेपाल बाल संगठनका केन्द्रीय महासचिव गणेशभक्त श्रेष्ठले यो बेथिति मौलाएको स्वीकार गरे। संसद्को महिला तथा सामाजिक समिति बैठकमा सोमबार श्रेष्ठले भने, ‘त्यहाँ पदाधिकारीका छोराछोरी पनि पढिरहेका छन्।’ अनाथ बालबालिकालाई ‘बोडर्स’ गर्नेसम्मको अनुदान बाल मन्दिरमा आउँछ। तर, त्यस्तो अनुदानमा बाल मन्दिरका कर्मचारीले आफ्ना छोराछोरी पढाउने गरेका छन्।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्