काठमाडौं, २२ माघ । बल्लबल्ल देशले सभामुख त पायो । तर उपसभामुख नियुक्त नहुँदा संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन । र यसबाट संवैधानिक अंगका नियुक्ति र सिफारीस अवरुद्ध छन् । संगसंगै फागुन २१ गते राष्ट्रिय सभाका नयाँ सदस्य सहितको दरबन्दी पुर्ताल हुँदैछ ।
तर, राष्ट्रिय सभाका सदस्यका हैसियतले मन्त्रीपरिषद्मा रहेका र २१ गते गतेदेखि सांसद पदका समाप्तीका पर्नेको हकमा के हुन्छ ? जस्तो की ,अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा । उनले प्रधानमन्त्रीले भनेका छन्, ‘म आफ्नो क्षमताले भ्याएसम्म जुनसुकै भुमिका बाट सहयोग गर्ने छु ।’ यसो भन्न गएका उनलाई प्रधानमन्त्रीले दिएको जवाफ र केही अभिव्यत्तिले आधा आधाको बुझाई भेटिन्छ । ‘क्याबिनेटमै तपाई नभएपछि बालुवाटारमा कहिलेकाँही आएर यसो र त्यसो भनेको कुरामा के नै दम छ र ?’ प्रमले भनेका थिए ।
एकातिर प्रमले यसो भन्नुबाट अर्थमन्त्रीमा निरन्तरताको संम्भावना व्यक्त गर्दछ भने अर्कातिर ‘म संविधान अनुसार सांसद नभए पनि ६ महिने पद खान्नँ’ भनेर आएको छु भनी मन्त्रालयको टिमलाई खतिवडाले ब्रिफ गरेका छन् । यसकारण आधा–आधाको सम्भावना भनिएको हो । उनले पहिल्यै आफ्नो टिमसंग भनेका थिए , ‘दुर्य वर्षमा कामको गति दिन सकिन्छ । त्योभन्दा बढी बस्दा त्यति मज्जा पनि आउँदैन । मान्छेका आशा, आकांक्षा पुरा गर्न के कसो हो भने जस्तै हुन्छ । अनुभव हो , हासिल गरिसकियो । मन्त्री पनि भइहालियो ।’-(आस्था साप्ताहिकबाट)