Logo

गच्छदारको राजनितिक यात्रामा धक्का



काठमाडौं, २३ माघ । काग्रेस उपसभापति विजयकुमार गच्छदारलाई सार्वजनिक उपमा नै बनेको छ –सदाबहार मन्त्री । २०७४ को निर्वाचनपछि का दुई वर्ष र राजाको सक्रिय शासनको कालखण्डलाई छाड्ने हो भने उनीप्रति यो उपमा हिी देखिन्छ । ०४८ साल देखि निरन्तर शासन र शक्तिको वरिपरि रहेका गच्छदारको राजनीती यात्रामा बुधबार भने धक्का लागेको छ ।

ललिता निवास प्रकरणमा संम्लग्न रहेका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध भष्टाचार मुद्दा दर्ता गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियारले पछिल्लौ समय मुद्दा चलाएका राजनीतीक नेतामा गच्छदार ‘हाईप्रोफाइल’ का हुन् । कांग्रेसका उनी सभापति र संसदिय दलको उपनेतासमेत छन् ।

गच्छदारसँग भ्रष्टचार मुद्दामा परेका पुर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन् । श्रेष्ठ नेकपा कालेका र जोशी पुर्नगठित नेकपा संयुक्तका नेता हुन् । सिधा रेखाबाट शक्तिमा टिक्न सकिदैन भन्ने मान्यता राखेरैै गच्छदार सधै शक्तिका वरिपरी हुन्थे । (कान्तीपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्