Logo

नक्कली बुबा बन्दा लाहुरे पक्राउ



काठमाडौं, २३ माघ । भुतपुर्व बेलायती सेना रेशमलाल गुरुङ माघ १४ मा छोरीको जन्मदर्ता प्रमाण पत्र बनाउन हडबढाउदै टोखा नगरपालिका –१ वडा कार्यलयमा पुगे । ०५२ भदौ २५ जन्ममिती राखेर जन्मदर्ता बनाउन उनले निवेदन दिए ।केही बेरमा नै रेशमलाल र कल्पना गुरुङकी छोरकिो रुपमा वडा सचिव तथा पञ्जिकाधिकारी अशोक घिमिरेले उर्मिला गुरङको उमेर २६ वर्ष ठेगाना टोखा काठमाडौ राखेर जन्मदर्ता प्रमाण पत्र बनाइदिए ।

गोर्खा लाहुरे रशमकी छोरीका रुपमा जन्मदर्ता बनाउन गोरखाको पालुङटार घर भई टोखा –३ बस्दै आएका मधुविलास अधिकारी ले सघाएका थिए । वडा सचिव र जनप्रतिनिधीसँग घुलािल भएका अधिकारीकै योजनामा जन्मदर्ता प्रमाणपत्र बन्यो । वडासचिवलाई धन्यवाद चारै जना त्यहाँबाट निस्के । त्यसको ६ दिनपछि सोमबार रेशम दम्पतीले उर्मीलालाई लिएर नागरीकता बनाउन सिफारिस बनाउन पुनः टेखा –१ वडा कार्यालय पुगे । मधुविलास पनि सँगै थिए ।

नागरिकता फाँटका प्रशासकले कागजात हेरेर केरकार गरे । २४ वर्षसम्म छोरीको नागरिकता नबनाएकोमा प्रश्न गरेपछि उनी हडबडाए । त्यसपछि नक्कली बाबु बनेर आएको पत्ता लाग्यो । प्रशासनले अनुसन्धानका लागि चारै जनालाई प्रशासनको जिम्मा लगाएको छ । नागरिकता सिफारिस गर्ने वडाध्यक्ष र पञ्जिकाधिकारीमाथि पनि अनुसन्धान अगाडि बढाएको छ (कान्तीपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्