Logo

प्रेम राई अवकाश पाएकै दिन किन भयो ललिता निवास प्रकरणमा मुद्दा दायर



काठमाडौं, २३ माघ । प्रेमकुमार राईले गृहसचिवका रुपमा २२ माघबाट अनिवार्य अवकाश पाए । उनले अवकाश पाएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरुसहित १७५ जनामाथि मुद्दा दायर गर्यो ।

राईले नै ललिता निवास जग्गा प्रकरणमा चासो लिएर अनुसन्धान गर्न लगाएका थिए । उनकै निर्देशनमा नेपाल प्रहरीको सीआइबीलाई अनुसन्धानको महत्वपूर्ण पाटोको जिम्मा दिइएको थियो । राईले यो मामलामा निकै चासोका साथ कदम चालेका थिए । त्यसैले पनि उनी अवकाश नहुँदै अख्तियारले यो विषयमा मुद्दा दायर गरेको हुनसक्छ ।

राई अख्तियारमा आयुक्तको मुख्य दाबेदार हुन् । प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा बादल सम्मको विश्वास जित्न सकेका प्रशासक हुन् । त्यसकारण पनि उनको सम्भावना बलियो देखिएको हो ।



प्रतिक्रिया दिनुहोस्