काठमाडौं, माघ २४ । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले ललिता निवास प्रकरणमा संलग्न एक सय ७२ जनामाथी किर्ते र ठगीको मुद्दा दायर गरेको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा संलग्न एक सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको भोलिपल्र्टै प्रहरीले गृह मन्त्रालयलाई जाहेरीका लागी पत्राचार गरेको छ ।
स्रोतका अनुसार सीआइबिले गृहलाई बिहीबार पत्राचार गर्दै ठगी र किर्ते मुद्दाका जाहेरी अघि बढाइदिन आग्रहश गरेको छ ।कान्तिपुर दैनिकबाट