Logo

अरुण तेस्रोमा जुट्यो खर्ब



काठमाडौं, माघ २४। लगानी बोर्डका परियोजनामध्ये सबैभन्दा ठूलो वैदेशिक लगानी भित्रिने गरी नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

सन् २०११ मा सम्पन्न विस्तृत आयोजना प्रतिवेदनअनुसार एक खर्ब चार अर्ब रुपियाँ लागत अनुमान गरिएको सो आयोजनाका लागि भारतीय पाँच बैङ्कको ८५ अर्ब ९८ करोड रुपियाँ ऋण लगानी हुने गरी सम्झौता भएको हो । नेपालका दुईवटा बैङ्कले कुल १५ अर्ब ३६ करोड रुपियाँ लगानी गर्ने गरी सम्झौता गरेका छन् । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा बन्ने यो आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले स्वपुँजी लगानी गर्ने छ । आयोजनाको अन्तिम लागत एक खर्ब ४४ अर्ब रुपियाँसम्म लाग्ने अनुमान छ ।

भारतीय बैङ्कहरू स्टेट बैङ्क अफ इन्डिया, कनारा बैङ्क, पन्जाब नेसनल बैङ्क, एक्जिम बैङ्क अफ इन्डिया र युनियन बैङ्कले लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यस्तै नेपाली दुई बैङ्क हिमालयन बैङ्क र नबिल बैङ्कले १५ अर्ब ३६ करोड रुपियाँ ऋण लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सन् २००८ को मार्चमा अरुण तेस्रो जलविद्युत् आयोजना विकासका लागि नेपाल सरकार र एसजेभीएनबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको ६ वर्षपछि आयोजना विकास सम्झौता भएको थियो ।

सन् २०१८ मेमा विद्युत् उत्पादन अनुमति प्राप्त गरेको सतलजले सोही महिना नै परियोजना निर्माणको औपचारिक शिलान्यास गरेको थियो । आयोजना कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी एसएपीडीसीको तयारीअनुसार यो आयोजनाबाट सन् २०२३ को अन्त्यसम्ममा व्यावसायिक विद्युत् उत्पादन थालिने छ भने त्यसको २५ वर्षपछि सन् २०४८ मा आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुने छ ।

सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानमा ७० मिटर अग्लो बाँध बाँधेर पानी विद्युत्गृहमा पु¥याइने छ । ९।५ मिटर व्यासको ११।७४ किलोमिटर लामो सुरुङमार्पmत पानी चिचिला गाउँपालिकाको दिदिङमा रहेको भूमिगत विद्युत्गृहमा पु¥याई नौ सय मेगावाट विद्युत् उत्पादन हुने छ । विद्युत्गृहमा २२५ मेगावाट क्षमताका चार टर्वाइनमार्पmत विद्युत् उत्पादन हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्