काठमाडौँ, २४ माघ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० स्थित हिरा इँटा उद्योगबाट चार किलो ५०० ग्राम चरेससहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–५ का ४२ वर्षीय ईश्वर मगर र २२ वर्षीय भक्त मगर रहेका छन् । महागरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा चरेस बरामद गरिएको थियो ।
उनीहरुको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । यस्तै चन्द्रागिरि नगरपालिका–१३ मितेरीचोकस्थित सडकमा गत पुस २२ गते बा३ख १८३३ नंको कान्तिपुर इङलिस एकेडेमी गोंगबुको विद्यार्थी सवार बस दुर्घटनापश्चात फरार रहेका बस चालक धादिङ गल्छी गाउँपालिका–२ का ४० वर्षीय केदार रिमाललाई पक्राउ गरिएको प्रहरीले एक सूचना जारी गरी जनाएको छ ।