काठमाडौँ २४ माघ : हालै चीनमा प्रकोपको रुपमा फैलिएको नोबल कोरोना भाइरसका कारण चीन लगायत विश्व नै त्रसित भएको छ । कोरोना भाइरसको संक्रमणबाट अहिले सम्म मृत्यु हुनेको संख्या छ सय भन्दा माथि पुगेको छ । यसै सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल लगायत अन्य मित्रदेशको सहयोगमा नोबेल कोरोना भाइरसमाथि जित हासिल गर्न सक्ने बताएकी छिन् । यान्छीले चीनमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको स्पष्ट पारेकी छिन् ।
उनले शुक्रवार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा मार्फत चीनले मेडिकल मास्क उत्पादन गरिरहेको भिडियो पोस्ट गर्दै चीन कोरोना भाइरससँग लडिरहेको बताएकी हुन् । उक्त भाइरसबाट चीनले छिटै उन्मुक्ति पाउने विश्वास दिलाएकी हुन् ।
‘कोरोना भाइरससँग लड्न चीनका कारखानाहरूले अधिकतम क्षमताका साथ मास्क र अन्य स्वास्थ्य सामग्री उत्पादन गरिरहेका छन्,’ उनले ट्वीटमा लेखेकी छिन्, ‘नेपालसहित अन्य मित्रदेशको सहयोगमा चीनले जित हासिल गर्ने बताईन ।’ चीन लगायत कोरोना वाइरसको संक्रमणबाट भारतको केरल राज्य समेत प्रभावित भएको छ ।
Factories in China are producing masks and medical materials at maximum capacity to meet the needs of fighting against coronavirus. Together with the support of international friends including Nepal, the final victory against the virus will be secured! pic.twitter.com/W8DZlLAQTe
— Ambassador Hou Yanqi (@PRCAmbNepal) February 7, 2020
Photo Source : Mukund Kalikote/reportersnepal