मोरङ, २४ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा मुख खोलेका छन् । उनले यो प्रकरणमा आफू निर्दोष रहेको स्पष्ट पारेका छन् । उनले भने,‘म प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय भएको छैन् ।
शुक्रबार विहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुनु । उनले भने,‘अनुचित काममा लागेको जोसुकै किन नहोस, उम्किन पाउँदैन, म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ । मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन ।’
बालुवाटारको सरकारी जग्गा व्यत्तिःलाई दिईएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । file photo
।