Logo

सेनालाई शक्तिशाली बनाउने तयारी



काठमाडौ, माघ २५ । नेपाली सेना मातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसद सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरलाई सशक्त बनाउन छुट्टै विभाग गठनसहितको नियमवाली बनाउने प्रस्ताव छ ।

ऐनको दफा १४३ को खण्ड ९ढ० मा प्रस्ताव गरिएको नयाँ व्यवस्थाअनुसार इन्टेलिजेन्स ९गुप्तचर० सेवा गठन तथा सञ्चालनसम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्ड ९सुराकी खर्च० बाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको खच रकम मिनाहसम्बन्धी विषय भन्ने उल्ल्ेख छ ।

यसअघि यस उपदफाको खण्डमा ‘इन्टिेलेजिन्स काममा खर्च भएको रकम, रभल्भिङ फन्डबाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको खर्च रकम मिनाहसम्बन्धी विषयमा’ भन्ने उल्लेख रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्