काठमाडौं, २५ माघ । बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा भ्रष्टाचार गरेको भनेर अख्तियारले मुद्दा दायर गरेकामध्ये एक पूर्वमन्त्री चन्द्रदेव जोशीले आफूले भ्रष्टाचार नगरेको स्पष्ट पारेका छन् । उनले सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउन आफूले कुनै निर्णय नगरेको जिकिर गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुराकानीमा जोशीले यस्तो बताएका हुन् ।
https://youtu.be/jQH4cMrIGLI
यो प्रकरणमा निर्णय हुनुभन्दा पहिले ने आफूले मन्त्रिमण्डल छोडिसकेको उनले स्पष्ट पारे । उनले भने,‘अख्तियारले मेरो ईन्भल्भमेन्ट कहाँ र कसरी देख्यो, त्यो त उसले भन्न सक्नुपर्यो । म त यो निर्णय हुनुभन्दा पहिले नै गैसकेको थिएँ ।’ उनले पत्रकार धमलाको नाम लिएर भने,‘ऋषिजी तपाई त मेरो ए देखि जेटसम्म जानेको र बुझेको व्यक्ति हो, के मेरो काँध ७ करोड थाम्ने काँध हो त ?