काठमाडौं, २५ माघ । राष्ट्रबादी केन्द्र नेपालको दोस्रो तारकेश्वर नगरभेला सम्पन्न भएको छ । राष्ट्रबादी केन्द्र नेपाल तारकेश्वर नगरपालिका प्रमुख अर्जुन उप्रेतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रबादी केन्द्र नेपालका संयोजक चन्द्र बहादुर थापा “सागर’’ को प्रमुख आतिथ्य रहेको थियो ।
संबिधानमा लेखेरमात्र जनताको हक सुनिश्चित् नहुने भन्दै त्यस्तो संबिधान जनतालाई मान्य नहुने, जसले नेपाली माटोको झन्डा अर्थात् नेपालको राष्ट्रिय झन्डा बोक्छ तीनै सच्चा नेपाली नागरिकहरु हुन् भन्ने उनीहरुको भनाई छ । ‘यदि सच्चा नागरिकले कुनैपनि राजनितिक पार्टीको झन्डा बोक्दैन राष्ट्रियता, धर्म, साँस्कृतिक, जनजिबिका “शिक्षा स्वास्थ्य निः शुल्क रोजगारको ग्यारेन्टीसहितको वैदिक सनातन हिन्दुराष्ट्र कायम गरौं ।’
राष्ट्रबादी केन्द्र नेपाल कुनै र कसैको राजनितिक दल नभएर राष्ट्रिय झन्डा र ॐ को झन्डामा गोलबद्द भएको स्वतन्त्र एबंम साझा अभियान भएको जनाईएको छ ।
वैदिक सनातन हिन्दु राष्ट्र कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर, स्वदेशमा रोजगारको ग्यारेन्टी गर, शिक्षा र स्वास्थ्य निशुल्क गर, बन्द उधोग कलकारखाना संन्चालन गर, दोहोरो कर प्रणालीको अन्त्य गर, माटो सुँहाउदो शिक्षा लागू गर, ब्यबसायी, उधमी लगानीकर्ताको सुरक्षा गर, खेल र खेलाडीको सम्मान गरजस्ता नाराहरु राष्ट्रबादी केन्द्र नेपालले अघि सारेको छ ।
आगामी फागुन २४ गते शनिबार राजधानीको भृकुटीमण्डपमा हुन गईरहेको शाान्तिपुर्ण खबरदारी आमसभामा उपस्थिति भईदिनका लागि केन्द्रीय संयोजक “सागर’’ ले उक्त बृहत भेलामा आग्रह समेत गरेका छन् ।
उक्त राष्टबादी केन्द्र नेपाल तारकेश्वर नगरपालिकाको दोस्रो बृहत् भेला राजधानीको तारकेश्वर नगरपालिकास्थित् तारकेश्वर पार्टी प्यालेसमा भएको थियो । भेलामा सेन्टर नं २ का प्रमुख अनिल राना थारु, टोखा नगरपालिका प्रमुख नारायण भण्डारी, होटल ब्यबसायी संघका अध्यक्ष हिमाल कार्की, तारकेश्वर नगरपालिका उपप्रमुख बट्टु अधिकारी, भिम बिष्ट, राष्ट्रबादी केन्द्र तारकेश्वर नगरपालिका बिधार्थी प्रमुख महेश चालिसे “सफल“नारायणमान श्रेष्ठ, रन्जु बानियाँ, सरिता लामिछाने, तारकेश्वर नगरपालिका ४ नं वडा संयोजक रामकृष्ण रिजाल, दिपक “गोर्खे “शान्ता लामिछाने, दिपा थापालगायत बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, बिधार्थी, समाजसेवी, युवा, खेलाडी र धार्मिक गुरुहरुको समेत उपस्थिति रहेको राष्ट्रबादी केन्द्र तारकेश्वर नगरपालिका प्रचार–प्रसार उज्जल धमलाले जानकारी दिए ।