Logo

म राष्ट्रप्रेमी मान्छे हुँ, राष्ट्रहितविपरीतका कुनै सम्झौता गर्दिन् : सभामुख सापकोटा



काठमाडौं, २५ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारी पूरा गर्न सधैं सचेत हुने प्रतिबद्धता जनाएका छन् । शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा उनको सम्मानमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

उनले आफूले पाएको जिम्मेवारी राष्ट्रिय हितलाई केन्द्रमा राखेर पूरा गर्ने स्पष्ट पारे । उनले आफू राष्ट्रप्रेमी मान्छे भएकाले राष्ट्रहितविपरीतका कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारे । लामो संघर्षपछि व्यवस्थापिकाको प्रमुख बन्न सफल भएको श्रेय जिल्लावासीलाई नै जाने उनको भनाइ थियो । file photo



प्रतिक्रिया दिनुहोस्