Logo

कमल थापाद्धारा ‘कान्तिपुर कन्क्लेभ’ एकपक्षीय भएको आरोप



काठमाडौं, २५ माघ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कान्तिपुर कन्क्लेभ एकपक्षीय भएको आरोप लगाएका छन् । नेपालमा हुने सम्वाद, बहस र कन्क्लेभहरु एकपक्षीय हुने गरेको उनको आरोप छ । काठमाडौंमा हिजो र आज कान्तिपुर कन्क्लेभ सञ्चालन गरिएको अवस्थामा थापाको यस्तो गुनासो आएको हो ।

उनले आफ्नो ट्विटरमा लेखेका छन्,”नेपालमा आजकल हुने गरेका सम्वाद,बहस,conclaveहरु एकपक्षिय हुने गरेकाछन्। राष्ट्रिय राजनीतिको महत्वपूर्ण पक्ष सम्बर्द्धनवादी(centre-right)बिचार र शक्तिलाई उपेक्षा/निषेध गरेर तथा वाम/मार्क्सवादी बिचार र शक्तिलाई मात्र बोक्ने संकिर्ण मानसिकताले समाज र राष्ट्रनिर्माणमा योगदान पुराउंदैन।”

थापाले आफूहरुलाई नबोलाईएकोमा गुनासो पोखेको जस्तो देखिन्छ । उनले राष्ट्रिय राजनीतिको महत्वपूर्ण पक्ष सम्बर्द्धनवादीलाई उपेक्षा र निषेध गरिएको टिप्पणी गरेका छन् । त्यस्तै, वाम तथा माक्र्सवादी विचार र शक्तिलाई मात्र बोक्ने संकिर्ण मानसिकताले समाज र राष्ट्रनिर्माणमा योगदान नपुर्याउने उनको आरोप छ ।

कान्तिपुर कन्क्लेभको दोस्रो संस्करण हिजो (शुक्रबार) देखि सुरु भएको छ । काठमाडौंको होटल हयातमा सुरु भएको दोस्रो संस्करण हिजो र आज गरी दुई दिनसम्म चलेको थियो । कन्क्लेभको दोस्रो संस्करणको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजना वक्ताले विद्वत प्रवचन दिएका थिए । र, आज अन्तिम सत्रमा भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मासँग परिसंवादमा भाग लिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्