काठमाडौं, २६ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार भन्दा बढिलाई कारबाही गरिएको स्पष्ट पारेको छ । उसले जनाएअनुसार चालु आर्थिक वर्षमा २० हजार ४ सय ३३ जनालाई कारबाही गरिएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी महाशाखाले यस्तो बताएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जथाभावी पार्किङ, सवारी मोड्ने, ढाका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारी चालकलाई कारबाही गरिएको बताए ।
महाशाखाले चोरी भएका मोटरसाईकल पक्राउ गरि सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । महानगरिय ट्राफिक प्रहरी कार्यालयले आइतबार विभिन्न स्थानबाट नियन्त्रणमा लिएको २५ वटा मोटरसाईकल सम्वन्धित व्यक्तिलाई वुझाएको हो ।
यी मोटरसाईकल नम्बर प्लेट परिवर्तन गरि गलत नम्बर राखेर चलाइ रहेको अवस्थामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले आइतबारनै पछिल्लो ६ महिनाको गतिविधि सम्वन्धी विवरण पनि सार्वजनीक गरेको छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त वनाउन प्रविधि मैत्री ट्राफिक व्यवस्थामा केन्द्रित भएको र पैदलयात्रीको सुरक्षा संगै दुर्घटना न्युनिकरणका लागि वशेष कार्यक्रम चलाइएको महाशाखाले जनाएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम