Logo

प्रहरी अधिकृतहरु यौनकाण्डमा मुछिदै गर्दा अधिकारवादीले आइजीपी खनाललाई भेटे



काठमाडौं, २६ माघ । नेपाल प्रहरीका बहालवाला र पूर्व अधिकृतहरु यौनकाण्डमा मुछिइरहँदा अधिकारवादीहरुले नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई भेटेर लैंगिक हिंसा नियन्त्रणका बारे छलफल गरेका छन् । आइतबार नक्शालस्थित प्रहरी मुख्यालयमा पुगी यसबारे छलफल गरेका हुन् ।

लैंगिक हिंसा नियन्त्रण सञ्जालकी कोषाध्यक्ष रसना ढकाल नेतृत्वको सामाजिक संघसंस्थाका पदाधिकारीहरु नक्हालस्थित प्रहरी प्रधान कार्यालय पुगेका थिए । उनीहरुले कार्यक्षेत्रमा हुने यौन हिंसा नियन्त्रणबारे छलफल गरेका थिए ।

नेपाल प्रहरीका एसएसपी शौरभ राणा र पूर्व डिएसपी राजकुमार खिउजु यौनकाण्डमा मुछिएर कारबाहीमा परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्