Logo

लोकसंस्कृती जोगाउन नाटक



इलाम, २७ माघ । देशभरको लोकसंस्कृती झल्काउन राष्ट्रिय लोक नाटक सुरु भएको सात दिने महोत्सबमा सातै प्रदेशका नाटक मञ्चन भइरहेको छन् । राष्ट्रिय नाचघरले आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर १ मुख्य मन्त्री शेरधन राईले मौलिक पहिचान समृद्धिको आधार भएको बताए ।

‘विकास र समृद्धिको लक्ष्य पुरा गर्न भौतिक पुर्वाधारमात्र पर्याप्त हुदैन, ’ उनले भने ‘हाम्रो गीत संगीत, कला र संस्कृतिलाई समृद्धिको मुल आधार बनाउनु पर्छ । महोत्सव उद्घाटनमा चेतन नाट्य समुहको ‘धान’ नाटक मञ्चन गरिएको थियो । पतिको निधनपछि महिलाले जीवनयापनका लागी गर्नुपरेको संर्घष नाटकमा झल्काइएको छ । स्थानिय लोकसंस्कृतिको पुष्ठभुमीमा तयार गरिएको नाटकमा समाजमा विद्यमान झाँक्रीप्रतिको विश्वास र घरमा चिन्ता रखेर मृतको आत्मा बोलाउने जस्ता सामाजिक वास्तविकता दर्साइएको थियो । सुरेश र्पोर्तेलले निर्देशन गरेको नाटकमा भावना मगर, प्रसन्न घिमिरे ,राम आचार्य लगायत कलाकारले अभिनय गरका थिए । (नागरिकबाट)



प्रतिक्रिया दिनुहोस्