काठमाडौ, २९ माघ । नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । मन्त्रीपरिषद्को मंगलबारको बैठकले गृहमन्त्री रामबहादुर थापाको प्रस्तावमा डिआईजी ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरको हो ।
कार्यसम्पादक मुल्याङ्कन जेष्ठता, कार्यक्षमता, कार्यकुशलता र नेतृत्व वहन गर्न सक्ने उपयुक्त प्रहरी अधिकृतलाई आइजीपी बनाउने प्रावधानमा टेकेर सरकारले ज्ञवालीलाई नियुक्त गरको हो । (अन्नपुर्ण दैनिकबाट)