१ फागुन । हालै फैलिएको कारोना भाइरसविरुद्व चीन निरन्तर लडिरहेको छ । चीनसंगै विश्वभरनै भाइरसको त्रास फैलिएको छ ।
कारोनाको केन्द्र मानिएको उहान शहरमा चिनीयाँ शैनिकका मेडिकल स्टाफहरु उक्त भाइरसविरुद्व लड्न प्रस्थान गरेका छन् । उक्त शैनिक मेडिकल स्टाफहरुलाई उहान जान चिनीयाँ राष्ट्रपति सी जीन फिङले अनुमति दिएका हुन् ।
२६ सय मेडिकल स्टाफहरु संक्रमणमा परेका विरामीहरुको उपचारका लागि गएको जनाइएको छ । मेडिकल स्टाफहरु दुईवटा अस्पतालमा उपचार गर्ने बताइएको छ । अहिलेसम्म करिब चार हजार शैनिक मेडिकल स्टाफहरु भाइरसविरुद्व लड्न पठाइएको छ ।