Logo

जनयुद्ध दिवसः हिंसा गर्नसक्ने भन्दै विप्लवका दर्जनौं कार्यकर्ता पक्राउ



काठमाडौं, १ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जनयुद्ध दिवसमा हिंसात्मक गतिविधि गर्नसक्ने भन्दै सरकारले सुरक्षा कडा पारेको छ । ठाउँ ठाउँमा सुरक्षाकर्मी सादा र औपचारिक पोशाकमा खटाएको छ । यस क्रममा विप्लवका शंकास्पद कार्यकर्तालाई प्रहरीले ठाउँ ठाउँबाट पक्राउ गरेको छ ।

देशभर शंकास्पद गतिविधिमा लागेकामध्ये दर्जनौं पक्राऊ परेका छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढी पक्राऊ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिने बताइएको छ ।

आजभन्दा २५ वर्ष अघि तत्कालिन नेकपा माओवादीले जनयुद्ध शुरु गरेको थियो । दश वर्ष लामो हिंसात्मक जनयुद्धपछि माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपनि विप्लव विद्रोह गरेर भूमिगत अवस्थामा सरकारविरुद्ध आक्रामक बनेका छन् ।

माओवादीकै एक पक्ष नेकपा बनेको छ भने विद्रोही विप्लव पनि नेकपा बनेर सरकारविरुद्ध लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्