Logo

वामदेव दम्पत्तिको प्रेम फेशबुकमा छताछुल्ल



काठमाडौं, २ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम र उनकी धर्मपत्नी तुलसा थापाले ‘भ्यालेनटाईन्स डे’ मनाएका छन्। नेता गौतमले आफ्नी श्रीमती तुलसालाई रातो गुलाफको फूल दिएर प्रणय दिवस मनाएका हुन्।

गौतम दम्पत्तिको प्रणय दिवस मनाईरहेको तस्विर भने उनीहरुकै छोरा हरिश गौतमले सार्वजनिक गरेका हुन् । उक्त तस्विरमा बामदेव गौतमले आफ्नो घुँडाले टेकेर आफ्नी श्रीमतीलाई फुल दिएका छन्।

छोरा हरिशको स्टाटसमा लेखिएको छ,‘रोमान्टिक बाबा आमाको अगाडि हामी त फिक्का ।’ तस्विर स्रोत ः हरिश गौतमको फेशबुकबाट 



प्रतिक्रिया दिनुहोस्