Logo

बलात्कारको मुद्दा मिलाइदिने भन्दै ६० लाख घुस माग्ने असईविरुद्ध मुद्दा



काठमाडौं, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको मुद्दा मिलाइदिने भनी घुस माग्ने असईविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले ६० लाख घुस मागेको आरोपपत्रसहित असई उमेश केसीमाथि आज मुद्दा दायर गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा प्रतिवादीहरु पुर्पक्षको लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने प्रयोजनार्थ उनले घुस मागरेका थिए ।

महानगरीय अपराध महाशाखाका तत्कालीन असई केसीले उमेश केसीमाथि अनुसन्धान हुँदा महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत केसीले महानगरीय प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भएको जबरजस्ती करणी मुद्दामा अदालतमा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने प्रयोजनार्थ घुसररिसवत मागेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।
अख्तियारले ६० लाख मागदाबीसहित कारबाहीको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्