Logo

नाङ्गो पर्व मनाइयो



एजेन्सी, ४ फागुन । जापानमा नाङ्गो पर्व मनाइएको छ । हडाका माटसुरी भनिने पर्व शनिबार मनाइएको हो ।

प्रत्येक वष फेब्रुअरीको तेस्रो शनिबार मनाइने पर्वमा हजारौं मानिसहरु लगभल नाङ्गो भेला हुने गर्छन् । ओकायामा शहर नजिकै सैडाइजी कानोनी मन्दिरमा दश हजार पुरुषहरु फुडोसी नामको सानो कपडा र ताबी नामको सेतो मोजा लगाएर भेला हुने गर्छन् । युवाहरुका लािग अलग्गै भेला हुनेगर्छ ।

समृद्धि, प्रजनन र कृषि उत्पादनको कामना गर्दै पर्व मनाइन्छ । पर्वमा पुरुषहरुले गुप्तांग छोप्छन् । शरीरको बाँकी भाग नाङ्गो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्