काठमाडौं, फागुन ५ । ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा महानगरपालिकाले शोकबिदा दिएको हो । ८९ वर्षीय शाक्यको आइतबार उपचारका क्रममा निधन भएको थियो ।
महानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडा र मातहतका कार्यालय सोमबार बन्द हुने जनाएको छ ।