Logo

नयाँ पत्रिकामा भद्रगोल, इमेज च्यानलमा चौविस घण्टे कर्फ्यू



काठमाडौं, फागुन ५ । विगतमा चुस्त रहदै आएको नयाँ पत्रिका दैनिको समाचार कक्ष भद्रगोल बनेको छ । केहि पत्रकार तलब नबढेको भन्दै बाटो लाग्न थालेका छन भने केही केही घटुवामा परेका छन् । भर्खरै मात्र तीन पत्रकारले नयाँ पत्रिकासंगको सम्बन्ध तोडेका छन् ।

कानुन विट हेर्दे आएका सन्तोस भट्टराई, महानगर हेर्ने तिर्थ बस्नेत रनेकपा बिटमा कलम चलाउदै आएका विरेन्द्र ओलीले पत्रिका छाडेका हुन् । उनीहरुले लामो समयदेखि तलब नबढेको गुनासो गर्दे आएका थिए । तलब बढाउन गरेको आग्रहमा व्यवस्थापन पक्षले उदासीनता देखाएपछि उनीहरुले जागीर नै छोडेको त्यहाँ कार्यरत पत्रकारले जानकारी गराएका छन् ।

स्रोतका अनुसार नयाँ पत्रकार स्वयंले पनि पत्रकार धेरै भएकाले घटाउने नीति लिएको बताउदै आएको छ । त्यहि नीति अनुसार काम नगर्ने अल्छी प्रवृतीका पत्रकारले छाडुन भन्ने सञ्चार गृहले चाहेको आजको साखु साप्ताहिकमा उल्लेख छ ।

जागिर छाड्ने र छोडाउने क्रम चलिरहका बेला उता पर्शुराम काफ्ले घटुवामा परेका छन् । चिफ रिपोर्टरको भूमिकामा रहेका उनलाई सामान्य रिपोर्टरको जिम्मेबारी दिइएको छ । उनको कार्यप्रगती राम्रो नभएको बताउदै उनी घटुवामा परेको जनाइएको छ ।
त्यस्तै, इमेज च्यानलमा पनि कर्मचारी तथा पत्रकारहरुलाई दुव्र्यवहार गर्न थालेको गुनासो प्राप्त भएको छ । करिव करिव निन्द्रामा रहेको समाचचार कक्षमा केही सुधारका साथै मार्केटिङमा समेत नयाँ व्यत्तिको आगमनले सुधार आउने संकेतको अनुमानका बिच सञ्चार गृह भित्रको झन्झट बाहिर आएको छ ।

कार्यालयको भित्तामा टाँसिएको सूचनाले कर्मचारीमा त्रास फैलिएको कर्मचारीहरुले नै जानकारी गराएका छन् । कार्यालयमा भेला नहुन उक्त सुचनामा उल्लेख छ ।केहि दिन पहिले मात्रै नागरिक दैनिकका पत्रकारले लामो समय तलब नपाएको तलब माग सहितको आन्दोलनको घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्