Logo

नैतिकताका आधारमा मन्त्री बाँस्कोटाद्वारा राजीनामा



काठमाडौँ, ८ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका हुन् ।

उनले ट्वीटमा भनेका छन्, “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।”रासस

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot