Logo

पाँच मुख भएको बाच्छो



भारतको हरियाणाको नारनौल जिल्लाको एक गाउँको एक डेरी फार्ममा पाँच मुख भएको बाच्छोको जन्म भएको छ । यस्तो अचम्मको बाच्छो हेर्नका लागि टाढा देखि मानिसहरु आइरहेका छन् ।
यो बाच्छोका पाँच मुख आमाको दुध पिउने बेलामा एकै पटक खुल्ने गर्दछ । पाँच मुख भएको यो बाच्छो स्वस्थ्य रहेको छ ।

यसको नाम नन्दी राखिएको छ । मानिसहरु यसलाई भगवानको रुप मानेर पुजा गरिरहेका छन् । नन्दी नामको पाँच मुखवाला बाच्छो हाल धेरै प्रसिद्ध भएको छ । नन्दीलाई देख्ने मानिसहरु शिर झुकाएर बाच्छोको खुट्टा छोएर पुज्ने गर्दछन् । एक निलो र अर्को कालो आँखा भएको उक्त बाच्छोलाई हेर्न स्कुलका विद्यार्थीहरु पनि आउने गरेका छन् । यस भन्दा अगाडी यस्तो अजिबगरीब शरीर भएको बाच्छो अमेरिकाको एउटा फर्ममा दुई टाउको भएको बाच्छो जन्मेको थियो ।



प्रतिक्रिया दिनुहोस्