Logo

‘वामदेवका लागि संविधान संशोधन’ नगर्न भन्दै नेकपाभित्र असन्तुष्टि



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीभित्र उपाध्यक्ष वामदेव गौतमको चाहनामा बढ्न लागेको संविधान संशोधनप्रति तिव्र असन्तुष्टि बढेको छ । गौैैतमलाई खुशी पार्न प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्र्र्मा ओलीले राष्ट्रियसभा अध्यक्ष पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान समेट्न संविधान संशोधनका लाग कार्यदल बनाइएको विषय बाहिर आएपछि तिव्र असन्तुष्टि बढेको हो ।

नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले आफूलाई कार्यदलबारे कुनै जानकारी नभएको बताए । उनले कार्यदल बनाएमा आफू नबस्ने र त्यसको पक्षमा नभएको समेत बताए । व्यक्ति विशेषका लागि संविधान संशोधन गर्न नहुने उनको भनाई थियो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपा स्थायी समिति सदस्य केशव बडालले गौतमका लागि संविधान संशोधन कुनै हालतमा मान्य नहुने बताए । संविधानले प्रधानमन्त्री बन्न प्रतिनिधि सभा सदस्य भएको हुनुपर्ने स्पष्ट भनेकाले त्यसै बमोजिम हुनुपर्ने बताए । कसैको चाहना पूरा गर्न संविधान संशोधन गर्न खोजिए पार्टीलाई ठूलो नोक्शानी पुग्ने चेतावनी दिए ।

यसैगरी, सत्तारुढ नेपाली काँग्रेसका नेताहरुले पनि यसप्रति ध्यानाकर्षण जनाएका छन् । काँग्रेस नेता प्रदीप पौडेलले व्यक्तिको स्वार्थ पूरा गर्न संविधान संशोधन हुन नहुने बताए ।

बर्दियाबाट चुनाव हारेका वामदेव गौतम पछिल्लो समय संविधान संशोधनमा दबाब दिदै आएका छन् । उनी राष्ट्रियसभा सदस्य बनेर प्रधानमन्त्रीको ढोका खोल्न तत्पर छन् । संविधान अनुसार प्रधानमन्त्री हुन प्रतिनिधिसभा सदस्य भएको हुनुपर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्