Logo

मेरा विरुद्ध उजुरी पत्रुः प्रधानमन्त्री



काठमाडौं,फागुन १६ । प्रधानमन्त्री केपी ओलीले आफू धन कमाउन र भ्रष्टाचार गर्न राजनीतिमा नलागेको बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षणमा ओलीले भने, ‘म पूर्णकालीन भएर राजनीतिमा लागेकै ५२ वर्ष भयो । धन कमाउने भए व्यापारतिर लाग्थें । जेलको छिँडीमा किन बस्थें रु ’ ओलीले आफूले १४ वर्ष कठोर जेलजीवन बिताएको स्मरण गरे ।

उनले भने, ‘एउटा कागजमा सही गरेको भए त्यतिबेलै मन्त्री हुन्थें । बिरामी भएर जेलमा हुँदा कागजमा सही नगरेको धन कमाउनका लागि हो रु म देश बनाउन हिँडेको मान्छे हँु । मरे पनि मेरा पछाडि आदर्श खोजेर अरू लाग्छन् भनेर हिँडेको हुँ ।’ उनले आफूमाथि भ्रष्टाचारमा उजुरी परेको सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै त्यस्ता उजुरीलाई पत्रुको संज्ञा थिए । अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्