काठमाडौं, १६ फागुन । भोजपुरकी हेमा श्रेष्ठ पछिल्लो समय निकै चर्चित छन् । पतिसँगको सम्बन्धमा तनावपछि यसलाई बाहिर ल्याएकी उनी अन्य पुरुषपीडित महिलाको पक्षमा समेत बोल्दै आएकी छिन् ।
पछिल्लो समय हेमाले पूर्व जर्नेल हेम खत्रीसँग माला शाह नामकी महिलाको सम्बन्ध दाबी गर्दै महिला अधिकारवादीसँग घरमै पुगिन् त्यो पनि बच्चासहित । भैंसेपाटीस्थित घरमै धर्नामा पुगेपछि हेमा श्रेष्ठमाथि प्रहरीका इन्स्पेक्टरले नै लाठी प्रहार गरेको भिडियो भाइरल भएको छ । महिलामाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल हुन् ।
पौडेल स्वयंले हेमामाथि लाठी प्रहार गरेका थिए । त्यतिबेला हेमा बच्चा बोकेकी थिइन् । उनलाई आठ पटक खुट्टामा लाठी प्रहार गरेको भिडियो भाइरल भएको छ । पूर्व जर्नेल हेम खत्री पनि भोजपुरकै हुन् । उनी अहिले भैंसेपाटीमा बस्छन् ।
हेमाले पतिसँग सम्बन्ध विच्छेद गरिन् । त्यसपछि उनी धेरै पुरुषसँगको सम्बन्धका कारण चर्चामा आइन् । केही वर्ष अघि भोजपुरमा ब्युटी पार्लर खोलेर बसेकी उनी पछिल्लो समय काठमाडौंमा बसेकी छिन् ।
https://youtu.be/jpJZQb2b5Ng