Logo

प्रचण्ड तनाबमा !, आराम गर्न सुकुटे रिसोर्ट पुगे



काठमाडौं, १६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आराम गर्न भन्दै सिन्धुपाल्चोक पुगेका छन् । सधैंझैं यसपालि पनि अध्यक्ष दाहाल सुकुटे रिसोर्टमा पुगेको उनको सचिवालयले जनाएको छ । उनको सचिवालयले दिएको जानकारीअनुसार भोलि (शनिबार) हुने सुकुटे महोत्सवको उद्घाटन गर्न दाहाल अघिल्लै दिन त्यहाँ पुगेका हुन् ।

पार्टीका केही राजनीतिक दस्तावेज वा प्रतिवेदन लेख्नुपरे वा महत्वपूर्ण निर्णय लिनको लागि दाहाल बेला बेलामा गुप्तबासमा बस्ने गरेका छन् । सुकुटे रिसोर्टमा यो पटकको प्रचण्डको बसलाई भने उनी आराम गर्ने रुपमा लिईएको छ । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विवाद उत्कर्षमा पुगेपछि उनी आरामको लागि त्यहाँ पुगेका हुन् ।

राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई लैजाने सचिवालयको निर्णय नमान्ने अध्यक्ष ओलीको चेतावनीपछि प्रचण्ड थप दबाबमा परेका छन् । सचिवालयले सर्वसम्मतले निर्णय गरेको दुई घण्टा बित्न नपाउँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूविरुद्ध मोर्चाबन्दी र षड्यन्त्र गरिएको भन्दै कुनैपनि हालतमा गौतमलाई राष्ट्रियसभामा सिफारिश नगर्ने चेतावनी दिए । त्यसपछि नेकपाभित्र यतिवेला आन्तरिक विवाद चुलिएको छ । ओलीबाहेक सचिवालयका प्रायः सबै सदस्य वामदेवको पक्षमा उभिएका छन् । file photo/Location : Pokhara



प्रतिक्रिया दिनुहोस्