Logo

१८ वर्षे युद्ध अन्त्य



काबुल, १८ फागुन । संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ ।

अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेताहरू कतारको राजधानीमा सम्झौता गर्न पुगेको बताएको छ ।  सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको अमेरिका र अफगानिस्तानद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्