काठमाडौं, फागुन १८ । शनिबार सामान्य रहको देशभरको मौसममा आज पुनः बदलि आउने भएको छ । आज देशका पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पश्चिमी भू(भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
यस्तै आइतबार रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।