Logo

सात वर्ष कैद दाबी गरिएका अभियुक्त धरौटीमा छुटे



कैलाली, फागुन १८ । निरन्तर दुई आर्थिक वर्ष करचुक्तासम्बन्धी नक्कली प्रमाण–पत्र पेस गरेर तीन करोड रूपैयाँभन्दा बढीको औषधि बिक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त बस्नेत धरौटीमारिहा भएका छन्।

कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले पछि ठहरेबमोजिम हुनेगरी एक लाख १० हजार धरौटी माग गरी बस्नेतलाईरिहा गरेको अदालतका स्रेस्तेदारराइभान कुन्जेडाले बताए। सात वर्ष जेल सजायको माग दाबी गर्दै बस्नेतविरुद्ध सरकारी छाप तथा कागजात किर्तेमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को धारा ६७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा अभियोग लागेको अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई पुर्पक्षका लागि थुनामाराख्नुपर्ने उल्लेख छ।

‘अपराधको गम्भीरता हेरेर तीन वर्ष वा तीन वर्षभन्दा बढी जेल सजायको दाबीसहित अभियोग लागेको व्यक्तिले प्रमाण लोप वा अन्यथा गर्न नसकुन् भनेर कसुरदार हुने पर्याप्त आधार देखिएमा पुर्पक्षका लागि थुनामाराख्ने प्रावधानराखिएको हो,’ कानुन व्यवसायी भेषराज पन्तले भने।

सात वर्षसम्म कैद सजाय हुने सरकारी छाप तथा कागतजात किर्ते मुद्दामा दुई आर्थिक वर्षमा करचुक्ता गरेको नक्कली प्रमाण–पत्र पेस गरेको प्रमाणित हुँदासमेत बस्नेत धरौटीमारिहा भएका हुन्। जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद पौडेलले सात वर्ष कैद सजायको दाबी गर्दै जिल्ला अदालतमा सरकारी छाप तथा कागतजात किर्ते मुद्दा दर्ता गराएका थिए।

न्यायाधिवक्ता पौडेलले दुष्यन्त बस्नेतलाई धरौटीमारिहा गर्ने जिल्ला अदालत कैलालीको आदेश बदर गरिपाऊँ भनी उच्चअदालत जाने बताए। उच्चअदालतले जिल्ला अदालतको आदेश बदर गरेमा पुर्पक्षका लागि थुनामा पठाउने उनको माग सदर हुनेछ।

जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका बस्नेत एक दिन पनि हिरासतमा बसेनन्, बिरामीको बहाना बनाउँदै धनगढीस्थित सिपी अस्पतालको क्याबिनमा भिआइपी सुविधामा बसे। बिहीबार सोही अस्पतालबाट अदालतमा उपस्थित भएर धरौटीमारिहा भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्