Logo

वामदेवबारे के होला ?



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमसम्बन्धि विषय राजनीतिको केन्द्र बनेको छ । उनले लिने निर्णय र चाल्ने कदमले नेकपाभित्रको राजनीतिमा मात्र नभई देशको राजनीतिमा समेत दुरगामी असर पार्ने छाँट छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय नेकपा सचिवालयले गरेपनि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसलाई नमान्ने संकेत गर्दै आएका छन् । आफ्ना निकटस्थ मार्फत् गौतमलाई सरकारले राष्ट्रियसभामा मनोनित गर्नुपर्ने वाध्यात्मक नभएको बोल्न लगाइसकेका छन् । प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले पार्टीले सरकारलाई सुझाव दिन मिल्ने तर वाध्यकारी बनाउन नमिल्ने तर्क गरेका छन् ।

गौतमको विषयले नेकपाभित्र विवाद बढेको छ । उनलाई राष्ट्रियसभामा मनोनित गर्नुपर्ने पक्षमा सचिवालय सदस्यमध्ये केपी शर्मा ओली र ईश्वर पोखरेल मात्र छैनन् । बाँकी सातजना पक्षमा छन् । गौतमले संविधान संशोधनको शर्त पनि अगाडि सारेका छन् । जसमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने विषय छ । हिजो सुकुटेमा बोल्दै प्रचण्डले गौतमले त्यो शर्त छाडेको खुलासा गरेका छन् ।

नेकपाभित्र कुरा मिलाउन शुक्रबार देखि वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा छन् । उनले ओलीलाई भेटेर प्रचण्डसँग समेत छलफल चलाएका छन् । यसैगरी, सचिवालय बैठक बस्नुअघि गौतमले प्रचण्डलाई भेटेका छन् । आज विहान उनले प्रचण्डसँग पछिल्लो राजनीतिक अवस्था र आफ्नो अडानबारे छलफल गरेका हुन् ।

नेकपाभित्र गौतम केन्द्रबिन्दुमा छन् । उनका बारे प्रधानमन्त्री ओलीले लिने निर्णयमा नेकपाभित्रको राजनीतिमा ठूलो प्रभाव पार्छ । सरकारको भविष्य पनि ओलीको निर्णयमा निर्भर भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्