Logo

नेकपाका नेताहरुमा ठाकठुक भएपनि टाकटुक मिलाउने कला छ : लोहनी



काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सत्तारुढ दल नेकपाभित्रको विवादबारे टिप्पणी गरेका छन् । उनले नेकपाका नेताहरुमा ठाकठुक भएपनि टाक्कटुक्क मिलाउने कला भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सभागृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

लोहनीले भरतमोहन अधिकराीमाथि अलाोचना सहने क्षमता भएको सम्झना गराए । ‘अहिले भएका नेताहरुमा त्यो क्षमता कमी छ । राजनीतकि दृष्टिकोणमा क्षमता भएका व्यक्तिहरु कमी छ । पार्टीको निर्देशन र विचार जनतामा पुर्याउनुभन्दापनि पार्टीभित्रै अलमलिने प्रवृत्ति भएको छ ।’–लोहनीले बताए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्