Logo

स्पेनिस फ्लुझैं घातक होला कोरोना ?



एलिस वोलोविच नाम गरेकी नर्सिङकी एक विद्यार्थी फिलाडेल्फियाको एक अस्पतालमा बिहानको सिफ्टमा काम गर्न थाल्छिन्। उनी एकैछिनमा स्पेनिस फ्लुले थला पर्छिन् र त्यहीं मृत्यु हुन्छ। यो सन् १९१८ को कुरा हो जतिबेला स्पेनिस फ्लुको प्रकोपले धमाधम थला पर्दै मानिसको मृत्यु भइरहेको थियो।

फिलाडेल्फियाका ३१ वटा अस्पताल बिरामीले भरिएका थिए। कतिपय बिरामीलाई भर्ना गर्न नसकेर घर फर्काइएको थियो। कतिपय बिरामी त घुस दिएर अस्पताल भर्ना भएका थिए। स्पेनिस फ्लुले मृत्यु भएकालाई उठाउन मास्क लगाएर प्रहरीलाई घरघर पठाइएको थियो। यस्तो काममा खटिएको एक सातामा ३३ प्रहरीको पनि मृत्यु भएको थियो।

‘हरेक घरमा एकजना बिमारी थिए,’ जोन एम बेरीले आफ्नो चर्चित किताब ‘दी ग्रेट इन्फ्लुएन्जा’ मा लेखेका छन्। ‘मानिस सकेसम्म अरुलाई बेवास्ता गर्न थालेका थिए, बोल्न परे पनि अर्कोतिर मुख फर्काएर बोल्थे। सार्वजनिक टेलिफोन कम्पनीका अपरेटरले पनि काम बन्द गरिसकेका थिए। आकस्मिक कलका लागि मात्र यो सेवा उपलब्ध थियो,’ किताबमा लेखिएको छ। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्