स्पेन, १९ फागुन । स्पेनिश जायन्टद्धय बार्सिलोना र रियल मड्रिडबीचको भीडन्तमा रियलले बाजी मारेको छ । आईतबार राति भएको खेलमा रियल मड्रिडले बार्सालाई २–० ले पराजित गरेर स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनालाई स्तब्ध पार्ने क्रममा भिनिसिअस जुनियरले खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोश्रो गोल अतिरिक्त समयको दोश्रो मिनेटमा मारिएनोले गरे।
जितपछि जारी लिगमा २६ खेलबाट ५६ अंक जोड्दै रियल मड्रिड पहिलो स्थानमा उक्लेको छ भने पराजित बार्सिलोना समान खेलबाट ५५ अंक सहित लिगको दोश्रो स्थानमा झरेको छ । एजेन्सी