Logo

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, भोलि पूनः नियुक्त हुने



काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनुभन्दा अघि नै उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

उनको कार्यकाल आज राति १२ बजेबाट सकिँदैछ । अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार मन्त्री खतिवडाको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर, अर्थमन्त्रीमा पूनः खतिवडा नै नियुक्त हुनेछन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot