फागुन २१, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्ररत्यारोपण सम्पन्न भएको छ । काठमाण्डौको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ओलीको मिर्गौला प्रत्यारोपण भर्खरै सम्पन्न भएको हो ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएकाले जोखिमपूर्ण मानिएको थियो । तर उनको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।
प्रत्यारोपणका लागि ओली गत सोमबार नै अस्पताल भर्ना भएका थिए । ओलीलाई आज विहान १० बजे अपरेशन थिएटरमा लगिएको थियो ।
नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएको छ ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको थियो ।
- मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीसँगै मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।