Logo

चीनबाट राजदुत पौडेल अकस्मात तानिनुको रहस्य



काठमाडौं, २१ फागुन । चीनका लागि नेपालका राजदूत लिलामणि पौडेल तानिएका छन् । उनी तानिनुमा अनेकन आशंकाहरु गरिएका छन् । तर, यथार्थ विषय अर्कै रहेको जनआस्था साप्ताहिकले यसरी उल्लेख गरेको छ ।

बेइजिङस्थित अहिलेको नेपाली दुतावास चार दशकअगाडी बनेको हो । पुरानो भवन भएकोले मक्किएर भत्किन लागेको छ । परराष्ट्रका एकजना उच्च अधिकारीले जनआस्थालाई बताएअनुसार भवनमा पानी पसेर दुःख दिने गर्छ । पौड्याल गएपछि नयाँ भवन बनाउने योजना अगाडी सारे । सोहीअनुसार महिनाअघि नेपाल सरकारले इञ्जिनियर पठायो । चिनियाँ सरकारको रोहबरमा इस्टिमेट भयो । एक अर्ब ४० करोड नेपाली रुपैयाँको लागत तयार भयो र त्यसलाई मन्त्रालयलेृ स्वीकृत पनि ग¥यो । कोरोना भाइरसको संक्रमण नभएको भए यतिबेला नयाँ भवन थालिसक्थ्यो । चीनमा दूई महिनादेखि कोरोना भाइरस संक्रमण भएर सबै काम ठप्प छन् ।

लीलामणिलाई फिर्ता बोलाउनुको एउटा कारण त्यहि पैसाको खेल हुनुपर्छ । यति ठुलो बजेट हुँदा कम्तीमा पनि १० करोड रुपैयाँ हो । भ्रष्टाचार नै गर्ने हो भने कम्तमिा ३० करोडजति हिनामिना हुन सक्छ । तर, शाकाहारी र अव्यवहारीक तथा रुखा लीलामणि बेइजिङमा रहँदा सम्म एक पैसा पनि झर्ने कसैले ठानेनन् । जम्मा ८ महिना मात्र कार्यविधि बाँकी रहे पनि उनकै कार्यकालमा नयाँ भवन बनाउने परियोजना शुरु हुने निश्चित जस्तै भयो । र खराब व्यापारीहरुले चलखेल गर्न, चुक्ली लगाउन थाल े। यसमा मुख्य भुमिका बालुवाटारका एकजना भित्रिया र केही व्यापारीले खेलेको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्