एजेन्सी, २१ फागुन । २ मार्च सन् २००१ मानवजातिकै इतिहासमा कालो दिनका रुपमा मानिन्छ । अफगानिस्तानमा तालिवानले तेस्रो र छैठौं बुद्धको मूर्ति ध्वस्त पारेर सम्पदा नामेट पारे । नष्ट गर्न तालिवान नेता मुल्ला ओमारले निर्देशन दिएका थिए ।
त्यतिबेला अफगानिस्तानमा तालिवानको क्रुर शासन थियो । अफगानिस्तानमा मुस्लिम धर्मालम्बीबाहेकको कुनै अस्तित्व नराख्ने नीतिका साथ मूर्तिहरु नष्ट पार्न थालेका थिए । उनीहरुले बामयानको बुद्धमूर्ति पनि ध्वस्त पार्ने सुनाए । त्यसप्रति विश्वकै ध्यानाकर्षण भयो । जापानलगायत विश्व समुदायले तालिवान सरकारलाई दबाब दियो । तर, उसले सुनेन ।
बामयान उपत्यकामा ३५ र ५३ मिटर अग्ला बुद्धमूर्ति बम राखेर ध्वस्त पारिदिए । रेशम मार्गमा पर्ने बामयानको बुद्धमूर्तिहरु इतिहास १९ सय वर्ष पुरानो छ । यति पुरानो बुद्धमूर्ति नष्ट पारिएपछि मानव सभ्यताको अभूतपूर्व कला समेत ध्वस्त पारियो ।
अफगानिस्तानमा तालिवानको शासन पतन त भयो तर ध्वस्त पारिएको बुद्धमूर्ति पुर्नजिवित हुन नसक्ने भयो । सम्पदा एकपटक नष्ट भएपछि जिवित बनाउन सकिदैन । यसलाई तालिवानले बिर्से । घटनाको १४ वर्षपछि बामयानमा थ्रीडी गुणस्तरको नयाँ बुद्धमूर्ति निर्माण गरियो । तर, यसले ध्वस्त पारिएको मूर्तिको स्मरण मात्र गरायो त्यसलाई पुर्नस्थापित गराउन सकेन ।
बामयानको बुद्धमूर्ति ध्वस्त पार्न चेंगिज खाँ मुगल सम्राट औरंगजेब देखि फारसी राजा नादिर अफसरसम्मले गरेका थिए । तर, असफल भए । तालिवानले २० औं शताब्दीमा आएर ध्वस्त पारे ।