Logo

नक्कली प्रमाणपत्रधारी शिक्षिका, अख्तियारको फन्दामा



काठमाडौ, फागुन २१ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी वर्षौ देखि जागिर खाएको अभियोगमा पक्राउ परेकी शिक्षीकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

श्री कालिका प्राथमिक विद्यालय तनहुँको वालविकास तह सहयोगी कार्यकर्ता पदमा कार्यरत शिक्षीका कमला वाग्ले (कोइराला) माथी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

उनले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय बाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ती लिई हाल सोही विद्यालयमा बहाल रहि काम गरिरहेको उजुरी परेपछि अनुसन्धान भएको थियो । अनुसन्धान पछि उनी दोषी पाइएकोले बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्