काठमाडौं, फागुन २२ । सरकारले हरेक बर्ष दिदै आएको पदबी आफन्तलाई सिफारिस गर्न नमिल्ने भएको छ । नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकले उक्त व्यवस्था गरेको हो राष्ट्रपतिद्वारा वितरण हुँदै आएका विभिन्न नामका विभूषण एसअधि विवादमा पनि पर्दै आएका छन्।
कहिले एउटै मान्छेलाई फरक नामबाट दुईवटा त कहिले आफ्ना नीजि चिकत्सकसम्मलाई पदवी दिएको भन्दै विरोध समेत हुँदै आएको थियो । उक्त विवादका बिच धेरैले पदवी ग्रहण गरेपनि हालसम्म सरकारले दिने पदवीमा आफ्नो इच्छा नरहको भन्दै एक सय ९२ जनाले भने पदक लिएका छैनन् ।
कतिपयले विभूषण थाप्न अस्वीकार गर्दै आएका छन् भने कतिपयले विवादमा परेकाले नलिएका ह्न्। गृह मन्त्रालयले राष्ट्रपतिबाट २०६७ देखि २०७५ सालसम्म घोषित विभूषण नलिएकालाई आउन सूचना निकालेको छ। नौ वर्षअघि बाँडिएका पदक लिन नआउनेहरूसमेत रहेको गृहको भनाइ छ।
उक्त मन्त्रालयका अनुसार पदक लिन नआउनेको संख्या हालसम्म एक सय ९२ जना पुगेको छ। जनसेवाश्री, समाजसेवा रत्न, प्रबल जनसेवा, महाउज्ज्वल राष्ट्रदीप, र्कीतिमय राष्ट्रदीपलगायत पदक लिन नआउनेहरू छन्। त्यसैगरी संविधानसभा पदक बुझ्न दुई सय ४६ पूर्वसभासद् नआएको भन्दै उनीहरूका नाममा पनि गृहले सूचना जारी गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हरेक बर्ष संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिलाई विविध मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्दे आएकी छन् ।