रोम, फागुन २२ । कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ ।
इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययहरुले खवर लेखेका छन् ।