Logo

सरकारमा सहभागी हुनेबारे राजपा शीर्ष नेताहरु घनिभुत छलफलमा



काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरु सरकारमा सहभागी हुनेबारे छलफलमा जुटेका छन् । स्रोतका अनुसार केही समयअघि मात्रै सरकारमा जाने च्याप्टर क्लोज भएको भनेर बोलेका राजपाका नेताहरु पूनः सरकारमा जानेबारे छलफलमा जुटेका छन् ।

सरकारमा सहभागीबारे सबैभन्दा बढि तयारी र दौडधुप राजेन्द्र महतोले गरेका थिए । यसको लागि उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुसँग छलफल गरेका थिए । स्रोतका अनुसार राजपाले चार वटा मन्त्रालय पाउनुपर्ने प्रस्ताव गरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसअघि पनि दुई भन्दा बढि मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् ।

मन्त्री नपाउने भएपछि राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले चाहीँ सरकारमा जान नहुने भनेर विरोध गरेको भन्नेपनि आरोप लागेको छ । राजपाभित्रै कतिपय नेताहरुले भने महन्थ ठाकुरको नेतृत्वमा सरकारमा जानुपर्ने पनि आवाज उठेको छ । उनलाई उपप्रधानमन्त्रीसहित सरकारमा लैजानेबारे पनि छलफल भएको छ । अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा, राजकिशोर यादव, शरदसिंह भण्डारी पनि सरकारमा सहभागी हुन चाहेको कुरा आएको छ । file photo



प्रतिक्रिया दिनुहोस्