एजेन्सी, २२ फागुन । यो मंगल ग्रहको सतह हो । सुन्तला रङ्गको देखिने यो सतह निकै आकर्षक लाग्छ । यसलाई मंगल ग्रहमा रहेको रोभरले खिचेर पठाएको हो ।
सन् २०१९ मा मंगल ग्रहमा खिचिएको यो तस्बिरले विशेष महत्व राखेको छ । टेलिफोटो लेन्सको प्रयोगले रोभरले खिचेको तस्बिरको धेरैको चासो छ । हरेक दिन रोभोरले तस्बिर खिच्ने गर्छ ।
अमेरिकी अन्तरीक्ष यान नासाले सन् २०१२ मा यो रोभरको सफल अवतरण गराएको थियो । अमेरिकाले मंगल ग्रहमा मानवसहितको यान पठाउने तयारी गरेको छ ।-Photo: NASA